अन्तर वडास्तरीय हेमजा भेट्रान्स कप: वडा १ को विजयी सुरुवात
पाेखरा | असार २, २०८१
हेमजा: पोखरा महानगरपालिका २५ हेमजामा शनिबारदेखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ मा पोखरा महानगर १ बगरको टोलीले विजयी सुरुवात गरेको छ ।
‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मुल नाराका साथ हेमजा युनाइटेडको आयोजनामा भएको उद्धघाटन खेलमा आयोजक वडा २५ हेमजालाई २–० गोलको अन्तरले हराउँदै बगरले विजयी सुरुवात गरेको हो ।
वडा १ को जीतमा खेलको ३४ औं मिनेटमा राजु तामाङले पहिलो गोल गरे ।
यस्तै खेलको ५३ औं मिनेटमा बगरका अन्तिम गुरुङले दोस्रो गोल गर्दै जीतको सुनिश्चित गरे ।
असार ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु १ लाख ११ हजार १ सय ११, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले नगद रु ५५ हजार ५ सय ५५, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
सो प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई नगद रु ५ हजारले पुरस्कृत गरिनेछ । यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई जनही नगद रु २ हजारकोसाथमा ट्रफी प्रदान गरिने छ ।
यसअघि प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले उद्धघाटन गरे ।
सो अवसरमा बोल्दै तिम्सिनाले हेमजा क्षेत्रका विभिन्न खेलकुदका राष्ट्रिय खेलाडीहरुको स्मरण गर्दै हेमजा खेलकुदको उर्भर भूमि भएको बताए ।
गौरीशंकार खेलमैदानको पूर्वाधार विकासका लागि महानगरले गत बर्ष ४० लाख बजेट विनियोजन गरेको बताउदै जारी हेमजा भेट्रान्स कपका लागि ४ लाख रकम सहयोग गरेको उल्लेख गरे ।
कार्यक्रमको अवसरमा हेमजा हनुमानचोक निवासी सिता सापकोटाले २०७९ माघ १ गते यति एयरलायन्सको जहाज दुर्धटनामा परि निधन भएका छोरा स्व: राजन सापकोटा र बुहारी स्व:अनिषा सापकोटाको स्मरणमा हेमजा यूनाइटेडद्धारा संचालन गरिएको फुटबल ऐकेडीमिका लागि २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग प्रदान गरेकी थिइन् ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

